बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु
प्रकाशित मिति : 17 November, 2023 11:20 am
काठमाडौं । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपाली छन् ।
गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।






