८ पुस २०८२, मंगलबार

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

प्रकाशित मिति :  20 November, 2023 9:44 am


काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजास्थित हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको पाइएको छ।

इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै इजरायलको किबुज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको बताएको हो ।

तर विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको दुतावासले जनाएको छ । विपिन अहिलेसम्म सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको दूतावासले जारी गरेको सुचनामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !