५ जेष्ठ २०८१, शनिबार

चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

प्रकाशित मिति :  23 November, 2023 7:10 am


काठमाडौँ । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । वुधबार राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

काठमाडौं उपत्यकालगायत मकवानपुर, धादिङ र आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

भूकम्पबाट भएको क्षति विवरण भने अहिलेसम्म आइसकेको छैन । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो ।



प्रतिक्रिया दिनुहोस !