५ जेष्ठ २०८१, शनिबार

अत्यावश्यक काम परे मात्रै सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह

प्रकाशित मिति :  23 November, 2023 9:57 am


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

वुधवार एक सुचना जारी गर्दै बिहिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने भन्दै आवश्यक परे मात्रै सवारी साधन लिएर निस्किन अनुरोध गरेको छ ।

काम विशेषले निस्किन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ। एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर अनुरोध गरेको छ ।

बिहीबार नेकपा एमालेको युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्न लागेका छन् ।



प्रतिक्रिया दिनुहोस !