५ जेष्ठ २०८१, शनिबार

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

प्रकाशित मिति :  23 November, 2023 9:38 am


काठमाडौँ । आज हरिबोधिनी एकादशी, हिन्दू धर्मालम्बिले तुलसीको बिवाह गरेर मनाउदैछन्। हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन रहेको छ।

ठूलो एकादशीको रूपमा चिनिने यस एकादशीका दिन श्री विष्णु भगवानको पूजा अर्चनासहित उनको रूप मानिने तुलसीको धुमधामका साथ विवाह गरिदिने समेत चलन छ ।

एकादशीहरूमा सबैभन्दा ठूलो एकादशी हरिबोधिनीलाई मान्ने गरिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । असार शुक्ल एकादशीको दिन भगवान् विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । आज काठमाडौँको पशुपति नाथ, बुढानीलकण्ठ, तनहुँको देवघाट धाम, मुक्तिनाथ धाम लगायतका क्षत्रेमा विशेष मेला लाग्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !