५ जेष्ठ २०८१, शनिबार

धनकुटामा एकै परिवारका ३ जना मृत भेटिए

प्रकाशित मिति :  23 November, 2023 10:16 am


काठमाडौँ । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

धनकुटा नगरपालिका वडा नं १ निगालेका ३५ वर्षीय टिकाराम गुरुङले गएराति ३६ वर्षिय भीमा गुरुङ र १० वर्षका छोरा आयुष गुरुङको हत्या गरी आफु पनि आत्महत्या गरेका छन् ।

टिकारामको शव झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाकाले जनाएको छ ।

उनीहरुकी ६ वर्षीया छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरी आसिकीलाई छिमेकीको घरमा लगेर राखेका खुलेको छ ।

तीन जनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति विवादभए पछि घटना भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !