५ जेष्ठ २०८१, शनिबार

स्याङ्जा सहयोग समाजको पाँचौ विश्व सम्मेलन एवं आठौं अधिवेशन स्याङ्जामा हुँदै

प्रकाशित मिति :  23 November, 2023 11:33 am


काठमाडौँ । स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको पाँचौ विश्व सम्मेलन तथा आठौं अधिवेशन स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जामा हुने भएको छ।

हिजाे (बुधबार) आयोजित पत्रकार सम्मेलनमा स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका वडा नमबर १ स्थित जिल्ला समन्वय समितिको सभाहलमा यही मङ्सिर ९ गते विश्व सम्मेलन तथा अधिवेशन हुने स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले जानकारी दिए ।

अध्यक्ष अर्यालले अधिवेशनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गर्ने बताए । उक्त विश्व सम्मेलनमा कुल ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि ३४२ जनाको सहभागिता रहने र कार्यक्रम भौतिक तथा भर्चुअल दुवै माध्यमबाट गर्ने अध्यक्ष टुकराज अर्यालले जानकारी दिए ।

उनले संस्थाको रु. १ करोड अक्षयकोष स्थापना भएको र समिती तथा विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरूको योगदानले हालसम्म जिल्लामा ठुला विपत्तिहरूमा , समस्या समाधान एवं विभिन्न राहत, सहयोगमा करिब रु.८ करोड रकम सहयोग गरिसकेको बताए ।

उक्त अधिवेशनले आगामी कार्यकाल सन् २०२३-२५ का लागि अध्यक्ष सहित ३१ सदस्यीय नयाँ नेतृत्वको चयन गर्ने सोही पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।



प्रतिक्रिया दिनुहोस !