५ जेष्ठ २०८१, शनिबार

युवसंघका र दुर्गा प्रसाई समर्थकबिच बल्खुमा झडप

प्रकाशित मिति :  23 November, 2023 12:28 pm


काठमाडौ। ।राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ ।

बिहीबार बल्खु चोकमा दुई पक्षबीच झडप सुरु भएको हो । झडप सुरु भएपछि संभावित जोखिमलाई मध्यनजर गरेर सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

प्रसाईँको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ भने युवासंले तिनकुनेमा प्रर्दशनको तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !