५ जेष्ठ २०८१, शनिबार

बल्खु र तीनकुनेमा प्रहरीले चलायो जामर

प्रकाशित मिति :  23 November, 2023 2:22 pm


काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने र बल्खुमा जामर प्रयोग गरको छ। बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि प्रहरीले जामर भेहिकल सञ्चालन त्यहाँको सम्पर्क विच्छेद गराएको छ ।

त्यस्तै तीनकुनेमा सम्भावित जोखिमलाई मध्यनजर गर्दैै जामर भेहिकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

यो प्रविधि प्रयोग गरेसँगै अहिले दुवै स्थानमा चल्लने मोबाइलमा नेटवर्क देखिएको छैन ।

मेडिकल व्यवसायी प्रसाईं र युवा संघको प्रदर्शनस्थलमा प्रहरीले जामर भेहिकल प्रयोग गरेको हो।

प्रसाईंको टोलीका लागि बल्खु र युवा संघका लागि तीनकुने स्थान तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !