५ जेष्ठ २०८१, शनिबार

प्रसाई समर्थक र प्रहरीबिच झडप हुँदा अश्रुग्यास प्रहार

प्रकाशित मिति :  23 November, 2023 2:53 pm


काठमाडौं । बल्खुमा प्रर्दशनकारी र प्रहरीबिच झडप हुन लागेपछि अश्रुग्यास प्रहार गरिएको छ । दुर्गा प्रसाईका समर्थकहरु कालिमाटी प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यार र पानीको फोहोरा प्रहार गरेर रोकोको हो ।

प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो ।

अश्रुग्यास प्रहारपछि प्रर्दशनकारीहरुको भागाभाग हुँदा बल्खुचोक खाली देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !