५ जेष्ठ २०८१, शनिबार

कालीगण्डकी नदीमा एक पुरुष मृत अवस्थामा फेला

प्रकाशित मिति :  24 November, 2023 10:50 am


काठमाडौँ । कालीगण्डकी नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ मालमुल बस्ने ६७ बस्ने होम बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता सन्तोष चन्दले जानकारी दिए ।

बिहीबार दिउँसो तानसेन नगरपालिका वडा नम्बर १४ दुमैस्थित कालीगण्डकी नदीमा खत्री मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !