५ जेष्ठ २०८१, शनिबार

प्रहरीमाथि ढुंगामुढा गर्ने ५ जना प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  24 November, 2023 11:06 am


काठमाडौँ । बिहिबार बल्खुमा भएको दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अुनसार ढुंगामुढा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको छ ।

बिहिबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । प्रदर्शनमा ५ जना प्रहरीसहित २८जना घाइते भएका थिए।



प्रतिक्रिया दिनुहोस !