६ जेष्ठ २०८१, आइतबार

चार्टर विमानमार्फत चिनियाँ धावक पोखरा आइपुगे

प्रकाशित मिति :  24 November, 2023 3:47 pm


काठमाडौं । पोखरामा हुने वार हर्स पोखरा–माउन्टेन क्रस क्रन्टी कम्पिटिसनमा सहभागी हुन चिनियाँ धावकसहितको टोली पोखरा आइपुगेको छ ।

मंसिर ९ गतेदेखि पोखरामा हुन लागेको प्रतियोगितामा सहभागी हुन १ सय ४ सदस्यीय टोली हिमालयन एयरलायन्समार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बेलुका आवतरण गरेको हो ।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दूतावासको आयोजना र होटल संघ पोखरा, युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजनमा प्रतियोगिता हुँदै छ । टोलीमा ७३ खेलाडी, १७ जना स्वास्थ्यकर्मी र बाँकी प्राविधिक तथा चिनियाँ पर्यटक छन् । पोखरा माउन्टेन क्रस क्रन्टी प्रतियोगितमा सात वटा विधामा प्रतिस्पर्धा हुनेछ । टिम, इन्डिभिजुअल, ह्यापी रन र स्टुडेन्ट रन हुने कार्यक्रमका संयोजक विश्वशंकर पालिखेले जानकारी दिए ।

शनिबार बिहान साढे ७ बजे लेकसाइडको बाराही घाटबाट प्रतियोगिता सुरु हुनेछ । टिम इभेन्टतर्फ २० टोलीबिच प्रतिस्पर्धा हुनेछ । जसमा ६० जना प्रतियोगी सहभागी हुनेछन् । यसमा दौड, साइक्लिङ र बोटिङ गर्दै ४० किलोमिटर पार गर्नुपर्ने हुन्छ । यस्तै, इन्डिभिजुअल इभेन्टतर्फ ३८ किलोमिटरमा एक सय ४० जना प्रतियोगीबिच प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !