५ जेष्ठ २०८१, शनिबार

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  25 November, 2023 12:00 pm


काठमाडौँ । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरका चालक पूर्वखोला गाउँपालिका वडा नम्बर ५, कर्नेडाँडाका ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष चन्द जानकारी दिए ।

शुक्रबार साढे तीन बजेतिर पूर्वखोला वडा नम्बर ५, को कर्नेडाँडा पोखरीछाँपदेखि भित्री सडकतर्फ जाँदै गरेको लु४त ६५५३ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !