५ जेष्ठ २०८१, शनिबार

स्याङ्जामा सवारी दुर्घटना हुदाँ दुई जना घाइते

प्रकाशित मिति :  26 November, 2023 11:26 am


काठमाडौँ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको करादि खोलामा मोटरसाइकल र भारतीय कार ठोकिदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।

बुटवलबाट स्याङ्जातर्फ आउँदैगरेको युपी ४५ भी ४६०१ नम्बरको कार र वालिङबाट गल्याङ जाँदै गरेको लु ११ प ६७११ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएको थियो ।

दुर्घटनामा गल्याङ नगरपालिका वडा नम्बर ८ का ३० वर्षीय कुलबहादुर राना र २३ वर्षीय सुरज राना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

घाइतेको गह्रै कालिका प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात् गण्डकी मेडिकल पोखरामा लगिएको रानाले बताए ।

ठक्करबाट मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको छ । कार र कार चालकलाई वालिङ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !