५ जेष्ठ २०८१, शनिबार

इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रिया गए आइजिपी कुँवर

प्रकाशित मिति :  26 November, 2023 12:44 pm


काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन अष्ट्रिया गएका छन्।

इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन उनी आज बिहान त्यसतर्फ गएका हुन्।

आइजिपी कुँवरसँगै महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज।ब।रा। र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ गएका छन्।

इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी छन्।

उनीहरूला प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ ।

साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका अध्यक्ष र महासचिवसँग शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !