५ जेष्ठ २०८१, शनिबार

एमाले सचिव भट्टराई सवार गाडी तोडफोड

प्रकाशित मिति :  26 November, 2023 6:00 pm


काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ ।

आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार ढुङ्गा लागेर भट्टराई सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडी कुच्चिएको छ ।

दसैं, तिहार, छठ, नेपाल संवतको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृहजिल्ला आएका सचिव भट्टराईको निवासअगाडि कालो झण्डासहित प्रदर्शन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !