५ जेष्ठ २०८१, शनिबार

मान्छे मार्ने बाघ खोज्न जादाँ भेटियो बाघले खाएको अर्को शव

प्रकाशित मिति :  27 November, 2023 10:58 am


काठमाडौँ । पश्चिम मकवानपुरको मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा बाघले मारेको अवस्थामा अर्को व्यक्तिको शव फेला परेको छ । ।

मानिसलाई आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किएको नेपाली सेना र निकुञ्जको टोलीले अर्को शव फेला पारेको हो ।

गत शुक्रवार बाघको आक्रमणबाट सोही क्षेत्रमा चितवनको राप्ती नगरपालिका वडा नम्बर १ दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएपछि बाघ खोज्न निस्किएको नेपाली सेना र निकुञ्जको टोलीले उक्त शव फेला पारेको हो ।

शवको पहिचान हुन सकेको छैन । शवलाई मुचुल्कापश्चात् पोस्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !