५ जेष्ठ २०८१, शनिबार

बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा

प्रकाशित मिति :  27 November, 2023 1:04 pm


काठमाडौं । काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ।

सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ सञ्चालनमा ल्याइएको हो। ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट १० लाख रुपैयाँ लागतमा राखिएको हो।

जिल्ला अदालत अगाडिको सडकमा सो प्रविधि जडान भएको छ । पैदलयात्रीले लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।

त्यसपछि भने दुई मिनेट कुर्नुपर्ने छ । एक पटक बत्ती बलिसकेपछि २ मिनेटसम्म बत्ती बल्ने छैन ।



प्रतिक्रिया दिनुहोस !