१२ श्रावण २०८१, शनिबार

सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पढाउन काठमाडौं महानगरपालिकाको निर्देशन

प्रकाशित मिति :  28 November, 2023 3:43 pm


काठमाडौं । काठमाडौं महानगरले सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन निर्देशन दिएको छ। केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम अध्ययन गराएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्वीकृत गरेका पुस्तकहरु मात्रै अध्ययन गराउन आग्रह गरिएको काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

उनले भने ‘केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र पाठ्यपुस्तक किन्नका लागि विद्यार्थीलाई बाध्य गरेको गुनासोप्रति काठमाडौं महानगरको ध्यानकर्षण भएको छ, सबै विद्यालयलाई पठाएको पत्रमा भनिएको छ,‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र पठनपाठनको व्यवस्था गर्न सूचित गरिन्छ।’

विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन्। यदी कुनै विद्यालयले यस सूचना विपरीत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५(संसोधनसहित) बमोजिम आवश्यक कारबाही हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !