१२ श्रावण २०८१, शनिबार

स्याङ्जाबाट चार वर्षदेखि फरार व्यक्ति पक्राउ

प्रकाशित मिति :  28 November, 2023 4:28 pm


काठमाडौँ । स्याङ्जामा लागुऔषध हिरोइन मुद्धामा संलग्न रही चार वर्षदेखि फरार व्यक्तिलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका वडा नम्बर २ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा स्याङ्जा जिल्ला अदालतले २०७६ असार १ गतेको फैसला अनुसार थापालाई पाँच वर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो ।

प्रहरीले गोप्य सुचनाको आधारमा लुकिछिपि बसेको अवस्थामा फेदिखोलाबाट मङ्गलबार पक्राउ गरेको हो । थापालाई स्याङ्जा जिल्ला अदालतमा पेश गरी निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !