१२ श्रावण २०८१, शनिबार

अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

प्रकाशित मिति :  28 November, 2023 5:10 pm


काठमाडौँ । अमेरिका पठाइदिन्छु भनेर रकम ठगी गर्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडाैँ महानगरपालिका वडा नमबर १४ बस्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । चन्द्र बहादुर रावललाई वैदेशिक रोजगारको लागि अमेरिका पठाईदिन्छु भनी रकम असुलेका थिए ।

अमेरिका जानको लागि प्रति व्यक्ति ४० लाख रुपैँया लाग्ने र अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा मासिक ३ लाख रुपैँया तलब हुन्छ भनी श्रेष्ठले रावललाई बिश्वास दिलाएका थिए । रावलबाट १५ लाख रुपैँया लिई सम्पर्क विहिन श्रेष्ठलाई काठमाडाैँ वडा नम्बर ३२ बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।



प्रतिक्रिया दिनुहोस !