१२ श्रावण २०८१, शनिबार

स्याङ्जामा सवारी दुर्घटना : तीन घाइते, दुई गम्भीर

प्रकाशित मिति :  29 November, 2023 11:01 am


काठमाडौँ । स्याङ्जाको पुतलीबजार र वालिङ नगरपालिका गए राती भएका दुई छुट्टा छुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् ।

वालिङ नगरपालिका वडा नम्बर १० पाईनिज चोकमा ग.६.प.९९९० नम्बरको मोटरसाइकल र ग.१९.प.१३३० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको हो ।

दुई साधन ठक्करबाट स्कुटर चालक वालिङ नगरपालिका वडा नम्बर ९ बस्ने ३४ बर्षीया अमृता खाम्चा र मोटरसाइकल चालक पुतलीबजार नगरपालिका वडा नम्बर ७ ठूलाडिहीका २५ बर्षीय सागर तिमिल्सेना घाइते भएका छन् ।

दुर्घटनामा घाइते खाम्चाको अवस्था गम्भीर रहेको र उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै तिमिल्सेनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले बताए ।

यस्तै पुतलीबजार नगरपालिका वडा नम्बर ३ मा स्याङ्जाबाट बाडखोला तर्फ जाँदै गरेको लु.१.ह.३८१५ नम्बरको अटो रिक्सा दुर्घटनामा पुतलीबजार नगरपालिका वडा नम्बर १ घुम्ती बस्ने ५५ बर्षीया माया पौडेल गम्भीर घाइते भएका छन् ।

ब्रेक लगाउने क्रममा भित्तामा ठोक्किन गई अटो रिक्सामा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते पौडेलको जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार पश्चात् पोखरा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुवै दुर्घटनाको थप अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !