२० फाल्गुन २०८०, आइतबार

आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने

प्रकाशित मिति :  30 November, 2023 8:49 am


काठमाडौँ । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेकू सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने जनाएको छ ।

प्राधिकरणले एक सुचना जारी गर्दै बिहिबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने जानकारी दिएको छ ।

जसअन्तगत कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।



प्रतिक्रिया दिनुहोस !