१२ श्रावण २०८१, शनिबार

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद सजाए

प्रकाशित मिति :  5 December, 2023 7:29 pm


काठमाडौँ । तीन वर्ष अघि रुकुममा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा रुकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । हत्यामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।

न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् । घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको छ ।



प्रतिक्रिया दिनुहोस !