टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु
प्रकाशित मिति : 17 December, 2023 8:09 am
काठमाडौँ । भक्तपुरको थिमीमा टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु भएको छ ।
मध्यपुर थिमी नगरपालिका- २ स्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा ४ ख २३४७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका युवकको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका-१० घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले पक्राउ गरेको छ।








