२५ मंसिर २०८२, बिहिबार

मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा १८ जना घाइते

प्रकाशित मिति :  17 December, 2023 12:16 pm


काठमाडौँ । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।

ग।२ख १४५९ नम्बरको बसले टिपरलाई ओभरटेक गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

घाइतेमध्ये असिमा साही, सविता सुनार, सविना सुनार, प्रदीप गोदारको दमौली अस्पतालमा उपचार भइरहेको छ।

रत्नहरि मेमोरियल अस्पताल तनहुँमा सुरन राई, पिल्लिमाया थापा, ज्ञानदेवी श्रेष्ठ, स्नेहा श्रेष्ठ, एन्जल भट्टराई, पूर्णबहादुर गुरूङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते भएका बविता थापा, नवीन थापा, दुर्गा थापा, नवीना थापा, दीपा थापा, सुमित्रा राई, जुनु भट्टराई, पूर्णिमा भट्टराईलाई भने थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !