२० बैशाख २०८१, बिहिबार

पाँच बुदे घोषणापत्र जारी गर्दै प्राज्ञ भेला सम्पन्न, प्रदेश र पालिका स्तरमा साँस्कृतिक संरचना बनाइने

प्रकाशित मिति :  30 December, 2023 9:11 am


काठमाडौँ। पाँच बुँदे घोषणापत्र जारी गर्दै काठमाडौँमा प्रज्ञा भेला सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भेलाको सङ्घका तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सङ्घ, प्रदेश तथा स्थानीय तहका भाषा, साहित्य, सङ्गीत, ललितकला, संस्कृति, नाट्यसँग सम्बन्धित प्रज्ञा–प्रतिष्ठानरपरिषद्रसमितिहरूको प्राज्ञिक भेला शुक्रबार सम्पन्न भएको हो।

भेलाले प्रदेश तथा पालिकास्तरका सांस्कृतिक संरचनाले भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकला, विज्ञान तथा प्रविधि विधालाई पनि अनिवार्य रूपमा समावेश गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

प्रदेश र पालिकास्तरका सांस्कृतिक संरचनाहरूको संरचनागत एकरूपता कायम गरी एकै प्रकारको कानुनी व्यवस्थासमेत कायम गर्नका लागि ऐनको मस्यौदा तयार पारी दुई महिनाभित्र तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपति समक्ष मस्यौदा पेस गर्नेगरी निम्न अनुसार ७ सदस्यीय प्रदेश र पालिकास्तरीय सांस्कृतिक संरचना ऐन मस्यौदा समिति गठन निर्णय पनि भेलाले गरेको छ। 

भेलामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति नारदमणि हार्तम्छाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, उपकुलपतिहरु लालकाजी लामा, विमलकृष्ण श्रेष्ठ, शम्भु राई सदस्य सचिवत्रय देवेन्द्र कुमार काफ्ले थुम्केली, डा।धनप्रसाद सुवेदी र कुश्मा महरा ‘प्रगति’ र प्रदेश र पालिका प्राज्ञहरु गरि देशभरबाट प्रतिनिधिमूलक उपस्थिति थियो। 

यस्तो छ घोषणापत्र

काठमाडौँ प्रज्ञा घोषणा–पत्र २०८०

नेपालको सङ्घीय राजधानी काठमाडौँमा आज मिति २०८०र९र१३ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सङ्घ, प्रदेश तथा स्थानीय तहका भाषा, साहित्य, सङ्गीत, ललितकला, संस्कृति, नाट्यसँग सम्बन्धित प्रज्ञा–प्रतिष्ठानरपरिषद्रसमितिलगायतलाई समेटेर ‘प्राज्ञिक भेला २०८०’ को सम्पन्न गरियो । भेलामा सहभागीहरूबिच छलफल तथा उहाँहरूको सुझावपछि निम्नअनुरूप ५ बुँदे ‘काठमाडौँ प्रज्ञा घोषणा–पत्र २०८०’ जारी गरियो ।

१। २०८० साउन १३ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा पोखरामा सम्पन्न भएको प्रज्ञा भेलामा जारी भएको १० बुँदे (परिशिष्टमा संलग्न) घोषणा–पत्रलाई निरन्तरता दिँदै सो घोषणा–पत्रमा उल्लेख भएका विषयहरूलाई लागु गर्न पहल गर्ने ।

२। प्रदेश तथा पालिकास्तरका सांस्कृतिक संरचनाले भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकला, विज्ञान तथा प्रविधि विधालाई पनि अनिवार्य रूपमा समावेश गर्ने व्यवस्था मिलाउने ।

३। प्रदेश र पालिकास्तरका सांस्कृतिक संरचनाहरूको संरचनागत एकरूपता कायम गरी एकै प्रकारको कानुनी व्यवस्थासमेत कायम गर्नका लागि ऐनको मस्यौदा तयार पारी दुई महिनाभित्र तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यू समक्ष मस्यौदा पेस गर्नेगरी निम्न अनुसार ७ सदस्यीय प्रदेश र पालिकास्तरीय सांस्कृतिक संरचना ऐन मस्यौदा समिति गठन गर्ने ।

क। शम्भु राई, उपकुलपति सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, संयोजक

ख। डा. धनप्रसाद सुवेदी, सदस्य सचिव, नेपाल प्रज्ञा–प्रतिष्ठान, सदस्य

ग। डा. टीएन जोशी, उपकुलपति, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, सदस्य

घ। प्रदीप अधिकारी, प्राज्ञपरिषद् सदस्य, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सदस्य

ङ। सुरेन्द्र गुरूङ, परिषद् सदस्य, गण्डकी प्रज्ञा–प्रतिष्ठान, सदस्य

च। भगवती ढुङ्गेल, साहित्य,कला, सङ्गीत, कला प्रतिष्ठान बिर्तामोड, सदस्य

छ। दीप डाँगी, रोल्पा नगर साहित्य, कला, सङ्गीत, प्रतिष्ठान, रोल्पा, सल्लाहाकार ।

४। कानुनको मस्यौदा निर्माण गर्दा प्रदेशस्तरका प्रज्ञा–प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र प्राज्ञसदस्य रहने र पालिकास्तरका संरचनामा अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव र सदस्य रहेको पदीय संरचना हुने गरी व्यवस्था गर्ने । यसरी संरचना गठन गर्दा सबै पदहरू स्रष्टाहरूबाटै मनोनयन गर्ने व्यवस्था गरी जनप्रतिनिधिलाई प्रमुख संरक्षक र संरक्षक पदमा राख्ने व्यवस्था गर्ने । साथै, मस्यौदा निर्माण गर्दा प्रदेश र स्थानीयस्तरका सांस्कृतिक संरचनाहरूलाई सङ्घीय प्रज्ञा–प्रतिष्ठानहरूसँग समन्वयको व्यवस्था मिलाउने ।

५। माथि उल्लिखित मस्यौदा तयार भएपछि सङ्घीयस्तरका तीनवटै प्रज्ञा–प्रतिष्ठानको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पहल गरी कानुनी एकरूपताका लागि मस्यौदालाई प्रदेश र स्थानीयस्तरमा पठाउने व्यवस्थाका लागि पहल गर्ने । 



प्रतिक्रिया दिनुहोस !