२५ बैशाख २०८१, मंगलबार

कृषि सहकारीहरूले किसानको समस्यालाई समेट्न सकेनन्: सभामुख घिमिरे

प्रकाशित मिति :  8 January, 2024 1:14 pm


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले  कृषि सहकारीहरूले किसानको मुख्य समस्यालाई नसमेटेर बचत तथा ऋणको कारोबार मात्रा गर्ने गरेकाे बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६ औँ साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले कृषि सहकारीहरूले अन्य सहकारीले जस्तै वित्तीय कारोबार मात्रा गर्दै आएको बताउँदै अगामी दिनमा उत्पादन क्षेत्रमा काम गर्नको लागि आग्रह गरेका छन् ।

उनले नेपालमा कृषि सहकारी जुन अनुरुपले स्थापना भएको थियो त्याे अनुरुप काम नगरेकाे भन्दै त्यस्ता सहकारीहरू सहकारी ऐनमा रहेर चलाउनको लागि सहकारी अभियान्ताहरूलाई आग्रह गरेका थिए ।

उनले भने, “केही दशक उता हामी कृषि क्षेत्रमा आत्मनिर्भर थियौँ । विस्तारै हामीले खेतिपाती गर्न छाडौँ र उत्पादन हुने भूमि बाँझो हुँदा हामी कृषि क्षेत्रमा अरूसँग आत्मनिर्भर हुने अवस्थाकाे सिर्जना भएकाे छ । त्यसैले देशको अर्थतन्त्र मजबुत बनाउन र राज्यलाई आत्मनिर्भर बनाउनको लागि कृषि सहकारीले भूमिका खेल्नुपर्ने छ ।”

कृषि सहकारीहरूले पछिल्लो समय सहकारी ऐन, कानुन विपरित काम गरेको उनको भनाइ छ । “कृषि सहकारीले किसानको उत्पादनलाई बजारीकरण गर्नेदेखि उत्पादनमा सहयोग पुर्याउनको लागि भूमिका खेल्नु पर्ने थियाे तर त्याे किसिम्मकाे काम भएकाे छैन। त्यसकारण सहकारीले त्यसतर्फ साेच्न आवश्यक छ,”उनले भने ।

घिमिरेले सरकारले किसानहरूलाई आफ्नो नीतिअन्तर्गत समेट्नलाई तीन खम्बे अर्थनीति लिएर सहकारीको माध्यमबाट, राज्यले लगानी गर्ने र निजी क्षेत्रलाई पनि समावेश गर्ने सिद्धान्त अपनाएर प्रभावकारी रूपमा काम गर्दै जानुपर्ने बताए । उनले सहकारी आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि लैजान र छरिएर रहेका किसान, साना किसानहरूलाई एक ठाउँमा ल्याइ काम गर्न आग्रह गरे ।

नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेमराज पाठकले संघले कृषि सहकारी संस्थाहरूको क्षमता विकास गरि देशका सबै क्षेत्रमा संञ्जाल वृद्धि गर्न विशेष प्रथामिकता साथ कार्य गरिरहेको बताए ।

उनले संघकाे नवौँ वार्षिक साधारणसभा देखि किसानको पोको कार्याक्रम संचालनमा ल्याएकाे बताउँदै प्रदेशमा प्रदेशिक कृषि संघहरूसँग समन्वय गरि १\१ वटा किसानको बजार स्थापन गर्ने योजना रहेको बताए । उनले भने, “हाम्रो संजाल भित्र केही सदस्य संघ संस्थाहरूले बजारको काम सुरू गरेका छन् । यस वर्ष थप २२ वटा संस्थाहरूमा एकिकृत बजार स्थापना गर्न प्रारम्भीक चरणका कार्यहरू भएका र चालु वर्षको अन्त सम्म २५ स्थानमा कृषि बजार संकलन केन्द्र स्थापना गरिन्छ ।’’

अध्यक्ष पाठकले कृषि सहकारीहरूमा कोपोमिस कार्यन्वयन गर्ने काम तीव्र रूपमा अघि बढको समेत जानकारी दिए ।”कोपोमिस कार्यन्वयन गर्न बाँकी सदस्यहरूको लागि तालिमहरू संचालन गर्ने र सम्पूर्ण सदस्यहरूलाई कोपोमिस कार्यक्रममा समावेश गराउने काम आर्थिक वर्ष २०८०\ ८१ मा गराउने छौँ । त्यसको लागि सहकारी विभागको साथ र सहयोगको आवश्यक छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !