२० मंसिर २०८२, शनिबार

विनोदको शतकमा आर्मीको विजयी सुरुवात

प्रकाशित मिति :  16 January, 2024 9:37 am


काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा आर्मीले मधेश प्रदेशलाई १२६ रनले पराजित गर्‍यो।

आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.४ ओभरमा १९४ रनमा अलआउट भयो। मधेशका लागि पवन सर्राफले ६५ रन जोडे। उनले ८३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

आर्मीका लागि साहव आलमले चार विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा जितेन्द्र मुखिया र कुशल मल्लले एक–एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३२० रन बनायो । आर्मीका लागि विनोद भण्डारीले ११३ रनको शतकीय पारी खेले । ९३ बल खेलेका उनले ९ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै सन्तोश कार्कीले ४२ रन बनाउँदा बिवेक यादव र कुशल मल्लले समान ३७–३७ रनको योगदान गरे ।



प्रतिक्रिया दिनुहोस !