२५ बैशाख २०८१, मंगलबार

राष्ट्रपति भण्डारीद्धारा वैशाख २६ गते संघीय संसदको अधिवेशन आव्हान

प्रकाशित मिति :  3 May, 2020 2:54 pm


भेरी अस्पताल नेपालगञ्जको कोरोनो परीक्षण प्रयोगशालाको फाईल फोटो

काठमाण्डौं, २१ वैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गते संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आजै बैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ आज मिति २०७७ साल बैशाख २१ गते आइतबारका दिन सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारणा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल वैशाख २६ गते शुक्रबारका दिन १६ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्नुभएको छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते संघीय संसदको बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन बोलाउने संबैधानिक व्यवस्था छ ।

संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय



प्रतिक्रिया दिनुहोस !