२१ बैशाख २०८१, शुक्रबार

विश्व स्वास्थ्य संगठनको टोली नेपालगञ्जमा, समुदायस्तरमा फैलिएको कारोनाबारे अध्ययन सुरु

प्रकाशित मिति :  6 May, 2020 12:32 pm


बाँके, २४ वैशाख ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को टोलीले नेपालगञ्जमा समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणबारे अध्ययन सुरु गरेको छ ।

डा. राजेन्द्र पाटिलको नेतृत्वमा पुगेका तीन जना चिकित्सकको टोलीले आजेदेखि समुदायस्तरमा कोरोना फैलनुको कारणबारे अध्ययन सुरु गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भारतको नयाँ दिल्लीबाट आएको डा.पाटील नेतृत्वको डब्लुएचओको टोलीमा नेपाल प्रतिनिधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीपनि खटिएको छ ।

नेपालगञ्जमा अहिलेसम्म एकै समुदायमा २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २ बालिकासहित २३ जनामा कोरोना संक्रमण भेटिएपछि निषेधाज्ञा लागु गरेर स्वास्थ्य परीक्षण समेत सुरु गरिएको छ ।

सम्बन्धित समाचार

बाँकेका सांसदहरुद्धारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण, तत्काल विशेष स्वास्थ्य टोली परिचालन गर्न माग

बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, एकैदिन १५ जना संक्रमित भेटिए

 



प्रतिक्रिया दिनुहोस !