२० बैशाख २०८१, बिहिबार

भारतले भन्यो, ‘सडक बनाएको भूभाग हाम्रै हो’

प्रकाशित मिति :  9 May, 2020 10:16 pm


 

काठमाण्डौं, २७ वैशाख ।

भारतले आफ्नै भूमिभित्र सडक सञ्जाल बनाएको दाबी गर्दै नेपाल सरकारको भनाई खण्डन गरेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिको प्रतिवाद गर्दैै भारतले आफ्नै भूभाग भित्र सडक सञ्चालनमा ल्याएको दाबी गरेको    हो ।  भारतले नेपाली भूमि लिपुलेक क्षेत्र मिचेर सडक सञ्जालको उद्घाटन गरेपनि भारतले फेरी त्यो भूमि आफ्नै दाबी गरेको छ ।

नेपालको पराष्ट्र मन्त्रालयले भारतको सडक उद्घाटन सम्बन्धि जारी गरेको विज्ञप्ति देखेको उल्लेख गर्दै भारतीय विदेश मन्त्रालयले सडक भारतीय भूमिमै निर्माण गरेको दाबी गरेको हो ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ हालै उद्घाटन गरिएको सडक खण्ड उत्तराखण्ड सडकको पिथौरागर्थ जिल्लामा र पूर्णतया भारतीय भूभागभित्र पर्छ ।’

निर्माण गरिएको सडक यसअघि मानसरोवर तिर्थयात्रामा जाने तिर्थयात्रीहरुले प्रयोग गर्ने गरेको दाबी गर्दै भारतीय विदेश मन्त्रालयले सोही सडकलाई सहज बनाएर तिर्थयात्री,स्थानीय तथा व्यापारका लागि सजिलो बनाएको दाबी गरेको छ ।

भारतले सीमा सम्बन्धि समस्या समाधान गर्नका लागि दुई देशबीच संयन्त्र बनेको भन्दै यसबारे गतिविधिपनि जारी रहेको उल्लेख गरेको छ । भारतले भनेको छ,‘ दुईदेशबीच रहेका सीमा सम्बन्धि समस्या कूटनीतिक संवाद र नेपालसँग रहेको नजिक र मैत्रीपूर्ण सम्बन्धको मर्म अनुसार समाधान गर्न तयार रहेको छ । ’

सीमा समस्या समाधानका लागि सचिवस्तरीय संयन्त्रले काम गरिहेको भन्दै दुईपक्षबीचको समझदारीमा कोरोना भाइरसको समस्या समाधनपछि वार्ताका लाग समय तोकिने विज्ञप्तिमा उल्लेख छ ।

भारतीय विदेशमन्त्रालयको यो विज्ञप्तिसँगै लिपुलेक कालापानी क्षेत्र आफ्नै भएको दाबी गरेको देखिएको छ ।

    सम्बन्धित समाचार

मिचेको नेपाली भूमिमा भारतद्धारा सडक निर्माण गरेर मानसरोवरका लागि यातायात सञ्चालन

भारतीय दूतावास अगाडी प्रर्दशन गर्न गएका अनेरास्ववियूका नेता कार्यकर्ता पक्राउ



प्रतिक्रिया दिनुहोस !