१७ बैशाख २०८१, सोमबार

आरोही हरि बुढालाई गिनिज वल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण

प्रकाशित मिति :  11 April, 2024 10:03 pm


काठमाडौँ । नेपालको रोल्पा जन्मभूमी रहेका पूर्व गोर्खा सैनिक हरि बुढामगरले गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र पाएका छन् । गत जेठ जेठ ५ गते दिउँसो ३ बजे विश्व रेकर्ड कायम राख्दै सगरमाथाको चुचुरो पाइला टेकेका थिए।

सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका बुढामगरलाई लन्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्यालयले प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

अर्का गिनिज वर्ल्ड रेकर्डबाहक प्रीत चन्डीको हातबाट विश्व रेडर्कको प्रमाणपत्र ग्रहण गरेको सामाजिक सञ्जाल मार्फ्त जानकारी गराएका हुन् । अफगानिस्तानको लडाइमा दुबै खुट्टा गुमाएका उनी आफूलाई सम्हाल्दै साहसिक खेल र आरोहणको यात्रामा छन् ।

आरोणमा मात्र विभिन्न १० विधामा विश्व रेकर्ड कायम गरिसकेका बुढामगरले सगरमाथा आरोहणको विश्व रेकर्ड खास महत्वको रहेको बताएका छन्।

लुम्बिनीसञ्चारसँग छोटो प्रतिक्रिया दिँदै उनले भने, “रकर्ड त जेमा पनि राख्न सकिन्छ तर केही रेकर्ड, रेकर्डले पनि नाप्न सकिदैन, यो रेकर्ड भन्दा धेरै माथि छ । किनकी रेकर्ड ब्रेक गर्नु र पहिलो रेकर्ड राख्नुमा धेरै अन्तर छ ।”

सबैको माया, कामना, साथ र सहयोगले आफूले सफलता चुम्न सफल भएको बताउँदै बुढामगरले गिनिज बुकको लोभ भन्दा पनि अपाङ्गता सचेतनाका लागि विश्व रेकर्डको काम गरेको र अबका दिनमा पनि सामाजिक सेवामै जीवन व्यतित गरेको बताएका छन् ।

मोटिभेसनल स्पिकर समेत रहेको बुढामगरको दैनिकी सगरमाथा आरोहणपचि झनै बढेको छ । विश्वभरबाट सम्मानित हुँदै आएका उनी आरोहणपछि दुई पटक मात्र छोटो समयमा लागि नेपाल आएका थिए ।

एक पटक सगरमाथा आरोहणमा ज्यान गुमाउने आरोणदलका सदस्य (सेर्पा) हरुको परिवारलाई राहत हस्तान्तरण गर्न सुटुक्क काठमाडौँ आएर फर्केका थिए । दोस्रो पटक गत महिना मात्र जन्मथलो रोल्पा पुगेका थिए भने आफू आवद्ध गोर्खा ग्रुपको साधारणसभामा सहभागी भएर पुनः बेलायत फर्केका हुन् ।

कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका बुढामगरले झण्डै ५ वर्षको प्रयासपछि गत जेठमा सगरमाथा आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले खुशी हुँदै थप भने, “यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ ।”

गत महिना मात्र बुढामगरले विश्वका ५० प्रभावशाली व्यक्तिको क्लबमा समेत सदस्य पाएका छन् । पहिलो अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ र पहिलो सगरमाथा आरोही एडमन्ड हिलारीसमेता सदस्य रही सकेको यो क्लबमा भेट्रान एण्ड डिजेबिलिटी एड्‌भोकेट अन्तर्गत सदस्य पाइसकेको क्लबमा आफूले स्थान पाएकोमा पनि खुशी व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !