१४ बैशाख २०८१, शुक्रबार

भारतीय दूतावास अगाडि प्रर्दशन गर्न गएका अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जना पक्राउ

प्रकाशित मिति :  12 May, 2020 3:21 pm


काठमाण्डौं, ३० वैशाख ।

लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जनालाई प्रहरीले फक्राउ गरेको छ ।

बिरोध प्रदर्शनका क्रममा अधिकारकर्मी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढुंगेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्य गीता तिमल्सिना, अधिकारकर्मीहरु जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जना फक्राउ परेका हुन् ।

पक्राउ गरेका अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !