२३ बैशाख २०८१, आइतबार

सरकारले आज नेपालको अध्यावधिक नक्सा सार्वजनिक गर्दै

प्रकाशित मिति :  20 May, 2020 12:51 pm


काठमाण्डौं, ७ जेठ ।

सरकारले आज नेपालको अध्यावधिक नक्सा सार्वजनिक गर्ने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट लिम्पियाधुरा समेत समेटिएको नेपालको नक्सा स्विकृत भएको थियो । नक्सालाई आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलेले औपचारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।

मन्त्रालयले आज दिउँसो सवा २ बजे नेपाल टेलिभिजन मार्फत नक्सा सार्वजनिक गर्न लागेको मन्त्री पद्मा अर्यालकी प्रेस संयोजक देवीका घर्तीमगरले जानकारी गराएकी छन् ।

उनले भनेकी छन्,‘ दिउँसो २ः१५ बजे नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिने भएकोले सम्पुर्ण सञ्चारमाध्यमहरुले त्यसै प्रत्यक्ष प्रशारणबाट समाचार सम्प्रेषण गर्नुहुन सबैमा अनुरोध गरिन्छ । साथै नक्साको इलेक्ट्रिक कपी सबै सञ्चारमाध्यमलाई इमेल मार्फत उपलब्ध गराइने जानकारी गराइन्छ ।’

सरकारले सोमबार नक्सामा विगतमा  छुटेको र भारतद्धारा अतिक्रमित लिम्पियाधुरा,पिलुलेक र कालापानी समेटेर तयार गरिएको नयाँ अध्यावधिक नक्सा स्वीकृत गरेको थियो । औपचारिक कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत संविधान संसोधन गर्ने हिजो संघीय संसदलाई जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले राखेको हुँ : बामदेव गौतम

सामाजिक सञ्चालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सरकारको आग्रह

हाम्रो भूमी फिर्ता ल्याउछौं:मन्त्री अर्याल



प्रतिक्रिया दिनुहोस !