२१ बैशाख २०८१, शुक्रबार

चाप भएको भन्दै कृषि ज्ञान केन्द्र ललितपुरले कृषि उद्यमी परिचयपत्र वितरण रोक्यो

प्रकाशित मिति :  1 June, 2020 7:44 am


काठमाण्डौं, १९ जेठ ।

कृषि ज्ञान केन्द्र ललितपुरले कृषि उद्यमी परिचयपत्र वितरण रोकेको छ । कृषि ज्ञान केन्द्र ललितपुबाट वितरण हुँदै आएको परिचय पत्र चाप धेरै भएको भन्दै रोकिएको हो ।

केन्द्रकी कृषि प्रसार अधिकृत आस्था दाहालले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको जानकारी गराएकी छन् ।

मुलुक लकडाउनमा रहेपनि कृषि उत्पादनहरुलाई निरन्तरता दिने नेपाल सरकारको निर्णय अनुसार कृषकको सहजताका लागि भन्दै केन्द्रले परिचयपत्र वितरण गर्दै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !