१० चैत्र २०८१, सोमबार

आकाश र करुणाकाे ‘न्यानो स्पर्श’ सार्वजनिक

प्रकाशित मिति :  16 February, 2025 5:22 pm


काठमाडौँ । गायक रमन धिमालको रोमान्टिक नयाँ गीत ‘न्यानो स्पर्श’ सार्वजनिक भएको छ।

आर बी खड्काको शब्दरचना र सुवास सेंचुरीको संगीत रहेको गीतमा ‘भ्यालेन्टाइन डे’को अवसर पारेर शुकबार सार्वजनिक गरिएको हो। पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ र पेज थापाको अभिनय रहेको म्युजिक भिडियोलाइ प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

पहिलो पहिलो प्रेममा परिरहेको बेला मन खेलिरहेको भावनालाई भिडियोमा देखाइएको छ । बुद्ध थापाको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई गायक धिमालको अफिसियल युट्युब च्यानल रमन धिमाल मार्फत सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !