पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा रश्मी पौडेलले प्राप्त गरिन् स्वर्ण पदक

काठमाडौं । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा रश्मी पौडेलले स्वर्ण पदक प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेकी छन्। उनले यूनिग्लोब कलेजबाट एमबीए अध्ययन गर्दै ४.०० जीपीए (पूर्ण अंक) ल्याएर उत्कृष्ट विद्यार्थीको रूपमा सम्मान प्राप्त गरेकी हुन्।
कागेश्वरी मनोहरा वडा नम्बर ६ की स्थायी बासिन्दा पौडेलले आफ्नो अथक मेहनत र लगनशीलताले दुई वर्षे एमबीए कोर्स सफलतापूर्वक पूरा गर्दै उच्चतम अंक प्राप्त गरेकी हुन्। पोखरा विश्वविद्यालयका पदाधिकारी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा आयोजित दीक्षान्त समारोहमा उनलाई विशेष सम्मान प्रदान गरिएको थियो।
समारोहमा स्वर्ण पदक हातमा लिंदै उनले आफ्नो सफलताको श्रेय अभिभावक, शिक्षक तथा कलेज परिवारलाई दिइन्। पौडेलको यस उपलब्धिले विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
उनको सफलतामा परिवार, यूनिग्लोब कलेज तथा सम्पूर्ण नगरले गर्व व्यक्त गरेका छन्। उनलाई बधाई दिँदै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ।