२८ मंसिर २०८२, आइतबार

लस एन्जलसमा नेपालका प्रतिष्ठित ट्राभल एण्ड एड्भेन्चर कम्पनीहरूको सहभागिता

प्रकाशित मिति :  23 February, 2025 12:48 pm


काठमाडाैँ । नेपाल पर्यटन बोर्ड र युनिकम एल एल को संयुक्त आयोजनामा अमेरिकाको लस एन्जलस कन्भेन्सन सेन्टरमा २०२४ को ट्राभल एण्ड एड्भेन्चर शो आयोजना गरिएको छ। शोमा नेपालका ४ वटा प्रतिष्ठित ट्राभल एण्ड एड्भेन्चर कम्पनीहरूको सहभागिता रहेको छ।

नेपाल ट्रेक एड्भेन्चरका प्रवन्ध निर्देशक बिनोद सापकोटा, फ्रेण्ड्स एड्भेन्चर टीमका राजेन्द्र बहादुर लामा, नेपाल स्यान्क्चुरी ट्रेकबाट तुलसी ज्ञवाली र ओझा होलिडेज टुर्स एण्ड ट्रेकका रमेशराज ओझा यस शोमा सहभागी भएका छन्। शोमा नेपालका प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक गतिविधिहरूको बारेमा जानकारी दिइएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार, यस शोले अमेरिकी पर्यटनलाई नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नेछ। २०२४ मा अमेरिकाबाट नेपाल आउने कुल पर्यटकहरूको १० प्रतिशत हिस्सा हुने अनुमान छ।

यस शोमा नेपाल बाहेक जापान, ताईवान, इण्डोनेसिया, साउथ अमेरिकाका ट्राभल एण्ड एड्भेन्चर एजेन्सी पनि सहभागी छन्। कार्यक्रमको समन्वय नेपाल पर्यटन बोर्डका वरिस्ठ युरोप अमेरिका मार्केटिङ शाखाका वरिष्ठ अधिकृत कुन्दन मिश्रले गरेका छन्।

कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियाका लागि नेपालको अवैतनिक वाणिज्यदुत ऋषि प्रसाद ढकालको समेत उपस्थिती थियो। साथै, शोमा सहभागी एक जोडीलाई ‘एभरेस्ट बेस क्याम्प ट्रिप’ जित्ने अवसर पनि दिइएको छ। यो शो फेब्रुअरी २२ र २३ तारिखसम्म चल्नेछ।



प्रतिक्रिया दिनुहोस !