दुधौली नगरपालिद्वारा शिव र बुद्ध भगवानको मुर्ती अनावरण
प्रकाशित मिति : 28 February, 2025 8:30 pm

काठमाडाैँ । सिन्धुुलीको दुुधौली नगरपालिकाले शिवरात्रीको अवसरमा शिव भगवान र बुद्ध भगवान तथा दुधौली लेखेको पहिचान अनावरण गरेको छ ।
नगरपालिकाद्धारा शहिद स्मृति शान्तिपार्कमा निर्मित शिव र बुद्धको मुर्तीमा अनावरण गरिएको हो ।दुधौली नगरका प्रमुुख दिनेश अधिकारीले शिव र बुद्ध तथा दुधौली लेखेको कार्यक्रममको अनावरण गरेका हुन् । दुधौलीलाई उत्कृष्ट नगर बनाउन सफल प्रमुुख अधिकारीले आगामी दिनमा दुुधौलीलाई नमुुना नगर बनाउने दाबी गरे।
कार्यक्रममा उपमेयर चन्द्रकिशोर थारु, बागमती प्रदेश प्रमुुख , सिन्धुुली जिल्ला समन्वय पुुर्व उपप्रमुुख सम्झना अधिकारी, १० वडाका अध्यक्ष कुमार शर्मा, कार्यपालिका , राजनीतिकदलका प्रतिनिधिहरू , कर्मचारी लगायको उपस्थितीमा कार्यक्रमको समुदघाटन गरिएको हो ।