राप्ती गाउँपालिकाको समृद्धिको पथ : पूर्वाधार विकासमा नयाँ क्रान्ति

अशोक बेल्वासे,
एक दशकअघिसम्म दाङको राप्ती गाउँपालिकाको पहाडी भूभागमा यातायातको सहज पहुँच थिएन । स्थानीय तहको पहिलो निर्वाचनअघि वडा नम्बर १, २, ५ को पहाडी र वडा नम्वर ९ का बासिन्दाले दैनिक जीवनयापनमा थुप्रै कठिनाइ बेहोर्नुपथ्र्यो ।
राप्ती गाउँपालिका समृद्धि र दीर्घकालीन विकासका लक्ष्यमा पूर्वाधार निर्माणलाई तीव्रता दिँदै पूर्वाधार विकासलाई प्राथमिकता राख्दै स्थानीय विकासलाई द्रुत गतिमा अघि बढाइरहेको छ । यसले जीवनस्तर र उत्पादनको बजार पहुँच सुधार गर्दैछ ।
बिरामी पर्दा अस्पताल पुर्याउन कठिन थियो, उत्पादन बेच्न बजारसम्म लैजानु चुनौती थियो र आवतजावतमै समस्या थियो । तर, स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा जनप्रतिनिधि आएसँगै सडक पूर्वाधार विकास प्राथमिकतामा पर्यो ।
वडा नम्बर ५ का पुन खोला, थकरीकोट, करङ्गे गाउँहरू पहिला निकै दुर्गम थिए । स्थानीयहरू दैनिक उपभोग्य सामग्री ल्याउन, बिरामीलाई अस्पताल लैजान वा अन्य गाउँसँग सम्पर्क राख्नसमेत कठिनाइ भोग्न बाध्य थिए । तर, जनप्रतिनिधि चयन भएपछि कच्ची सडक निर्माण सुरु गरियो । आज ती गाउँहरू गाउँपालिकाको केन्द्रसँग सहज रूपमा जोडिएका छन् ।
त्यस्तै, वडा नम्बर ९ को लामाखोला, जाबुने, घोसखोलासम्म पुग्न पहिले सहज बाटो थिएन । स्थानीयहरू घन्टौं पैदल हिड्न बाध्य थिए । हाल त्यहाँ कच्ची सडक निर्माण भएपछि आवतजावत सजिलो भएको छ । गाउँपालिकाको अध्यक्ष प्रकाश बिष्टले सडक पूर्वाधारलाई मुख्य प्राथमिकताका राखेको जानकारी दिए । पालिकाको केन्द्रसँग वडाबासीलाई जोड्न सडक ट्रयाक निर्माणदेखि कालोपत्रे सडकसम्मको योजना अगाडि बढाएको भन्दै अध्यक्ष बिष्टले प्राथमिकताका आधारमा सबै सडकलाई क्रमैसँग कालोपत्रे सडकका रूपमा विकास गर्ने रणनीति रहेको बताए । “हामीले सडकलाई प्राथमिकतामा राखेका छौं । पूर्वाधार विकासबिना समग्र विकास असम्भव छ । सडक बनेपछि उत्पादन बजारीकरण, स्वास्थ्य सेवाको पहुँच र जीवनस्तर नै परिवर्तन हुन्छ”, अध्यक्ष बिष्टले जानकारी दिए ।
उपाध्यक्ष कमलापति चौधरीले स्थानीयहरुको सडक निर्माणसँगै स्थानीय उत्पादनको बिक्री बितरण सहजता थपिएको जानकारी दिए । “गाउँमा सडक पुगेपछि मात्रै समृद्धि आउँछ । हामीले त्यो सोचका साथ योजना बनाएर काम गर्यौं । अब यहाँका बासिन्दाले आफ्नो उत्पादन सजिलै बजारमा बेच्न पाएका छन्”, उपाध्यक्ष चौधरीले भने ।
सडक निर्माणपछि यहाँका बासिन्दाको जीवनमा ठूलो परिवर्तन आएको छ । स्थानीय धनबहादुर घर्ती भन्छन्, “पहिले बिरामी हुँदा बोकेर लैजानुपथ्र्यो । अहिले एम्बुलेन्स आइपुग्छ । योभन्दा ठूलो राहत के हुन सक्छ ?” सिक्लेका किसान भन्छन्, “हामीले उत्पादन गरेका तरकारी र फलफूल सहजै बजारमा पुर्याउन पाएका छौं । पहिले हामीले सडकमै कुहिने डरले धेरै उत्पादन नगर्ने गथ्र्यौं, अहिले त्यो समस्या हटेको छ ।”
यो त उदाहरण मात्रै हो राप्ती गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेसँगै धमाधम पालिकाको केन्द्रसँग गाउँहरू जोडिदै गएका छन् । पालिकाका अध्यक्ष प्रकाश बिष्टले कच्ची सडकलाई ग्राभेल गर्ने, आवश्यक ठाउँमा पक्की बनाउने र नियमित मर्मत सम्भार गर्ने योजना बनाएको जानकारी दिए । “हाम्रो उद्देश्य भनेको हरेक बस्ती सडक सञ्जालमा जोड्नु हो । यातायातको सहजता नभएसम्म विकास सम्भव छैन”, अध्यक्ष बिष्टले भने ।
चक्रपथ निर्माणले समृद्धिको यात्रा तय गर्दै गाउँपालिका
गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ३७ किलोमिटर लामो राप्ती चक्रपथ निर्माणको योजना अगाडि बढाएको छ । चक्रपथले पालिकाभित्रका वडाहरूलाई आपसमा जोड्नुका साथै क्षेत्रीय यातायातलाई थप सुलभ बनाउने उद्देश्य राखेको छ । पूर्व पश्चिम राजमार्गको उत्तरी र दक्षिणी क्षेत्रलाई समेटेर निर्माण गरिँदै गरेको राप्ती चक्रपथको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । अध्यक्ष बिष्टका अनुसार दक्षिण क्षेत्रअन्तर्गतको १८ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भइसकेको छ, भने माथिल्लो क्षेत्रको निर्माण कार्य सुरू भइसकेको छ ।
चक्रपथ निर्माणले गाउँपालिकाको भौगोलिक पहुँच विस्तार गर्ने, व्यापार तथा यातायातलाई सहज बनाउने र स्थानीय विकासलाई गति दिने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाहरूले लामो समयदेखिको यातायात कठिनाइ अन्त्य हुनेमा आशा राखेका छन् । सडक पूर्वाधारले कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा सेवा क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले चक्रपथ निर्माणलाई पालिकाको प्रमुख योजनामध्ये एक रहेको बताउँदै भन्नु भयो, “हामीले सम्पूर्ण वडालाई सडक सञ्जालमार्फत् जोड्ने लक्ष्य राखेका छौं । चक्रपथ निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण प्रभाव पर्नेछ ।”
उपाध्यक्ष कमलापति चौधरीले यो चक्रपथले स्थानीयबासीको जीवनस्तर सुधार्ने उल्लेख गर्दै भने, “चक्रपथ निर्माणले यहाँका कृषक, व्यवसायी र विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउनेछ । यातायात सहज भएपछि शिक्षा, स्वास्थ्य तथा व्यापारमा समेत नयाँ सम्भावनाहरू खुल्नेछन् ।”
यता स्थानीयबासीहरू चक्रपथ निर्माण कार्यप्रति उत्साहित देखिएका छन् । उनीहरूका अनुसार सडक विस्तार भएपछि यातायात खर्च घट्ने, बजारसम्मको पहुँच सहज हुने र विकासका थप अवसरहरू सिर्जना हुनेछन् । ३७ किलोमिटर लामो चक्रपथ निर्माण कार्यले गाउँपालिकाको समृद्धि यात्रालाई गति दिनेछ ।
पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण मानिएको यो परियोजनाले पालिकाभित्रका सबै वडालाई जोड्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गर्नेछ । चक्रपथ निर्माण पूरा भएपछि गाउँपालिकाले दिगो विकास र समृद्धितर्फ ठोस कदम चाल्नेछ ।
पूर्वाधार : समृद्धिको मेरूदण्ड
पूर्वाधार विकास कुनै पनि क्षेत्रको समृद्धिको आधारशिला हो । यसले सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई अघि बढाउने मात्र होइन, रोजगारीका अवसरहरू सिर्जना गर्दै जनताको जीवनस्तरलाई समेत सुधार गर्छ । यातायात, सञ्चार, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा खानेपानी जस्ता पूर्वाधारहरूको विकासले दिगो विकासलाई सुनिश्चित गर्छ ।
राप्ती गाउँपालिकाले यही सोचलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य तथा यातायात पूर्वाधारलाई प्राथमिकतामा राखेर सङ्घ तथा प्रदेश सरकारसँगको समन्वयमा विभिन्न विकास योजनाहरू अगाडि बढाइरहेको छ । गाउँपालिकाका अध्यक्ष बिष्टले भने, “स्थानीय तहको समृद्धि पूर्वाधार विकासमा निर्भर गर्छ । त्यसैले, हामीले योजनाबद्ध रूपमा विकासका कार्यक्रम अघि बढाएका छौं ।”
यातायात पूर्वाधार विस्तार गर्दै समृद्धिको दिशामा राप्ती गाउँपालिका
राप्ती गाउँपालिकाले यातायात पूर्वाधारलाई उच्च प्राथमिकता दिँदै भौतिक पूर्वाधार विस्तारको कार्यलाई तीव्र बनाएको छ । यातायातको विकासले न केवल स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाउँछ, बरू व्यापार प्रवद्र्धन तथा विभिन्न सेवासुविधाको पहुँच विस्तार गर्दै समग्र आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउँछ ।
गाउँपालिकाले पछिल्ला वर्षहरूमा सडक सञ्जाल विस्तारमा ठूलो लगानी गरेको छ । २०८०/८१ सम्मका तथ्याङकअनुसार १७.८५ किलोमिटर कालोपत्रे सडक, २०४.१५ किलोमिटर ग्राभेल सडक र ४६.१६ किलोमिटर धुले सडक निर्माण गरिएको छ । साथै, यातायात सहज बनाउन २ वटा सडक पुल र ४ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।
सडक सञ्जाल विस्तारः आर्थिक र सामाजिक प्रभाव
गाउँपालिकाले मुख्य वडाहरूलाई यातायात सञ्जालमा जोड्ने उद्देश्य राखेर सडक निर्माणलाई तीव्र पारिरहेको छ । यातायात पूर्वाधारको विकाससँगै गाउँपालिकाभित्र व्यापार, कृषि र उद्योग प्रवद्र्धनको सम्भावना बढ्दै गएको छ । स्थानीय उत्पादनको बजारीकरण सहज हुन थालेको छ, भने जनतालाई स्वास्थ्य, शिक्षा र अन्य सेवासुविधामा पहुँच बढ्दै गएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट भन्नुहुन्छ, “हामीले यातायात पूर्वाधारलाई प्राथमिकतामा राखी सडक निर्माणलाई तीव्र बनाएका छौं । सडकको सहज पहुँचले कृषकहरूलाई आफ्ना उत्पादन बजारसम्म पु¥याउन सहयोग गर्छ भने स्थानीय उद्योग तथा व्यवसायलाई पनि फाइदा पुग्छ ।”
उनका अनुसार, सडक विस्तारपछि स्थानीय कृषकहरूलाई उत्पादनको उचित मूल्य पाउने अवसर प्राप्त भएको छ । पहिला बाटो अभावका कारण उत्पादित वस्तुहरू गाउँमै कुहिन्थे, तर अहिले बजारसम्म सहजै पुर्याउन सकिने भएको छ ।
विद्युतीकरण र अन्य पूर्वाधारका प्रयासहरू
राप्ती गाउँपालिकाले सडक पूर्वाधारसँगै विद्युतीकरणलाई पनि तीव्र गति दिएको छ । ग्रामिण विद्युतीकरणअन्तर्गत् अधिकांश वडाहरूमा बिजुली पुगेको छ, भने अझै बाँकी रहेका क्षेत्रहरूमा सौर्य ऊर्जामार्फत् उज्यालो गाउँपालिका बनाउने अभियान चलाइएको छ ।
पालिकाका उपाध्यक्ष कमलापति चौधरी भने, “यातायातको विकासले समग्र गाउँपालिकालाई समृद्धिको दिशामा अघि बढाएको छ । पहिला बाटो अभावका कारण धेरै समस्या भोग्नुपरेको थियो, तर अहिले मुख्य क्षेत्रहरू सडक सञ्जालमा जोडिएपछि गाउँले जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन देखिएको छ ।”
उनका अनुसार, दुर्गम स्थानहरूमा यातायात सेवा सहज बनाउन पालिकाले झोलुङ्गे पुल तथा सडक पुल निर्माणलाई प्राथमिकता दिएको छ ।
यातायात पूर्वाधार विस्तारपछि स्थानीयबासीले प्रत्यक्ष फाइदा पाएका छन् । त्यस्तै, विद्यार्थीहरूका लागि पनि विद्यालयसम्मको यात्रा सहज भएको छ । अघिल्लो वर्षसम्म हिलो तथा धुलोको कारण विद्यालय पुग्न गाह्रो भएको भन्दै विद्यार्थीहरु अहिले सडक बनेपछि यात्रा सहज भएको बताउँछन् ।
राप्ती गाउँपालिकाले यातायात पूर्वाधारको विकासलाई समृद्धिको मेरूदण्डका रूपमा लिएको छ । २०८०/८१ सम्मका तथ्याङ्कले देखाएअनुसार, १७.८५ किलोमिटर कालोपत्रे सडक, २०४.१५ किलोमिटर ग्राभेल सडक, ४६.१६ किलोमिटर धुले सडक, २ वटा सडक पुल र ४ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।
यी पूर्वाधारहरूले व्यापार, कृषि र सेवासुविधाको सहजता बढाउँदै जनताको जीवनशैलीमा सकारात्मक प्रभाव पारेका छन् । गाउँपालिकाले सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा थप पूर्वाधार विकासका परियोजनाहरू अघि बढाउँदैछ, जसले दीर्घकालीन समृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आधारशीला तयार गर्नेछ ।
राप्ती गाउँपालिकामा स्वास्थ्य सेवा सहज र सबैको पहुँचमा पु¥याउनका लागि प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साथै, राप्ती गाउँपालिका वडा नम्वर १ स्थित लालमटिया स्वास्थ्य चौकीको भौतिक निर्माण र वडा नम्बर ५ कालापानीमा राप्ती आधारभूत अस्पतालको निर्माण सम्पन्न गरी सेवासमेत सुचारु गरिएको छ । गाउँपालिकाकाे वार्षिक प्रकाशन उज्यालाे राप्तीबाट