१९ मंसिर २०८२, शुक्रबार

एमाले सचिवालय बैठक भदौ १९ मा बस्ने

प्रकाशित मिति :  3 September, 2025 7:39 am


एमाले सचिवालय बैठक काठमाडौँ, ४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा एमाले सचिवालय बैठक बस्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौँ । नेकपा (एमाले)ले यही भदौ १९ गते अपराह्न ३ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरिनेछ ।

गौतमका अनुसार तीनवटै प्रतिवेदन छलफल गरी पारित भएपछि आगामी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ । महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुने भएको छ ।

महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरी दुई हजार ३५० जना सहभागी हुने व्यवस्था गरिएको पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !