१६ बैशाख २०८१, आइतबार

पर्याप्त वर्षा भएपछि भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकियो

प्रकाशित मिति :  18 June, 2020 4:36 pm


भक्तपुर, ४ असार । 

कोरोना संक्रमणकाे जोखिमका बीच यति बेला किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने  भएता पनि यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन अघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजेन्द्र थापाले यस वर्ष चित्तपोल, भङ्गाल क्षेत्रको रोपाइँ सकिन लागेको बताए । जेठमै पर्याप्त पानी वर्षा भएपछि लकडाउनकै बेलामा किसानले रोपाइँ शुरु गरेको जानकारी दिए । लकडाउनका बेलामा बीउ किन्न समस्या भए पनि नगरपालिकाले किसानलाई अनुदानमा बीउ वितरण गरेको र कतिपय किसानले आफ्नै घरमा बीउ सञ्चित गरी राखेकाले बीउको अभाव नभएको उनकाे भनाइ छ ।

जिल्लाका अधिकांश काठ क्षेत्रमा रोपाइँ सकिएको छ भने, बजार क्षेत्रमा धमाधम रोपाइँको चटारो परेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका सानुभाइ गिरी यसवर्ष रोपाइँ चाँडो हुँदा रोपाइँ सकिने अवस्थामा पुगेको बताए  ।रासस

 

 



प्रतिक्रिया दिनुहोस !