१७ बैशाख २०८१, सोमबार

३०/४० वर्षदेखि कृषि व्यवस्थालाई बहुत मेहनत गरेर बर्बाद पारिएको छ: मन्त्री भुषाल

प्रकाशित मिति :  27 June, 2020 4:51 pm


काठमाडौं,१३ असार ।

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षदेखि नेपालको कृषि व्यवस्थालाई बिगार्ने काम मात्रै भएको भन्दै सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले राष्ट्रिय धान दिवस २०७७ को अवसरमा ‘कोरोनाका कारण कृषिमा सम्भावना र चुनौतिहरु’ विषय अन्तकृया कार्यक्रममा मन्त्री भुषालले अब विगतमा बिगारिएको कृषि व्यवस्थालाई आफूले सुधार्ने प्रतिबद्धता जनाए ।

उनले भने,‘ हामीले त ३०र४० वर्षदेखि कृषि व्यवस्थालाई बहुत मेहनतताका साथ बर्बाद पार्यो । साना दुःखले बार्दद पारेको होइन, बहुत मेहनतले बर्बाद परेका छौं ।’ मन्त्री भुषालले बिग्रेको कृषि क्षेत्रलाई सुधार्न केही समय लाग्ने बताए ।

यसअघि किसानभन्दा मन्त्रालय र मन्त्री कसरी बलियो हुने भन्नेतर्फ केन्द्रित भएका कारण कृषिप्रधान मुलुकमा अधिकांश कृषि वस्तु आयात गर्नुपरेको मन्त्री भुषालको दाबी छ ।

बिग्रिएको कृषिलाई ३ वर्षमा सपार्न खोजे भन्दै मन्त्री भुषालले नयाँ कृषि व्यवस्थामार्फत कृषि क्षेत्रको सुधारका लागि मन्त्रालय लागिपरेको  बताए ।

मन्त्रालयको पहलमा प्रदेश, स्थानीय तह, सुुमुदाय, सहकारीलगायत सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको उनको भनाई छ । मन्त्री भुषालले कोरोनालाई कृषि क्षेत्रको अवसरका रुपमा लिएर अघि बढ्नुपर्ने उल्लेख गरे। कोरोना महामारीका कारण अन्य क्षेत्र धरासायी भएपनि कृषि क्षेत्र निरन्तर चलायमान रहेकै कारण खाद्यन्न अभावको अवस्था भोग्नु नपरेको उनको भनाई थियो ।

मन्त्री भुषालले कृषि मुलश्च जीवन भन्दै कोरोनाले फेरी पनि कृषि क्षेत्रलाई सम्झाइदिएकोले कृषिलाई अवसरका रुपमा उपयोग गर्नसक्नुपर्ने बताए । साथै कृषिलाई बजारको जिम्मा छोडिदिने विगतको प्रबृत्ति कृषि क्षेत्रको विकासमा बाधक बनेको उनले बताए ।

कृषिविज्ञ डा. कृष्ण पौडेलले नगरी भाषणमात्रै दिने प्रवृत्तिका कारण नेपालको कृषि क्षेत्र अस्तव्यस्त बनेको तर्क गरे । इमान्दारीपूर्णक कृषि क्षेत्रमा आएको बजेट तथा कार्यक्रम कार्यान्वयन गरेमा कृषि क्षेत्रले गति लिने उनको भनाइ छ ।

उनले कृषिमा आत्मनिर्भरताका लागि संरक्षित तथा प्राङगारिक कषिमा जोड दिनुपर्ने बताए । रासायनिक मलको प्रयोगभन्दा प्राङगारिक खेतीबाट बढी उत्पादन लिन सकिने दाबी गर्दै पौडेलले प्राङगारिक कृषिका लागि किसानसम्म सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा जोड    दिए ।



प्रतिक्रिया दिनुहोस !