१७ बैशाख २०८१, सोमबार

तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको थप जोखिममा, सतर्कता अपनाउन सरकारको आग्रह

प्रकाशित मिति :  1 July, 2020 6:58 pm


काठमाडौं,१७ असार ।

सरकारले सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको उच्च जोखिममा रहेको भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

भारतको भागलपुर तथा मोतीहारीमा सलहको झुण्ड रहेको र एउटा ठूलो झुण्ड कुशिनगरबाट चम्पाचरण जिल्लातर्फ उडेको भन्दै कृषि मन्त्रालयले  सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतीय अधिकारीहरुले ठूलो झुण्ड कुशिनगरबाट चम्पाचरण जिल्ला तर्फ उडेको सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरेका छन् । कृषि मन्त्रालयले मनसुनका कारण उक्त झुण्ड नेपालको सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग प्रवेश गर्ने अनुमान गरेको छ ।

केही दिनदेखि मनसुनको अरेबियन सागरबाट बहने पश्चिमीरदक्षिण-पश्चिमी वायुको प्रभाव रहेकोमा हाल पूर्वबाट दक्षिणतर्फ वायुको प्रभाव रहँदा हावाको वेगसँगै सलह भित्रिन सक्ने जोखिम रहेको प्लान्टक्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र मातहतको सलह सूचना केन्द्रले जनाएको छ ।

केन्द्रले सलह देखिए वा उडेको कुनै पनि सूचना भए तत्काल स्थानीय तह, कृषिका कर्मचारी वा कृषि मन्त्रालय तथा केन्द्रमा खबर गर्न पनि स्थानीयसँग आग्रह गरेको छ ।

सलहको आगमनको संकेत प्राप्त भएमा के गर्ने ?

  • तत्कालै स्थानीय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानीय सुरक्षा निकायमा जानकारी गराउने ।
  • कुनै स्थानबाट सलहको झुण्ड उडेर गएको थाहा पाउनासाथ कुन दिशामा गएको हो र झुण्डको आकार लगायतका सूचनाहरु स्थानीय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराउने।
  • कतैबाट सलहको झुण्ड आउन सक्ने सूचना प्राप्त हुनासाथ चनाखो भइ समूदायमा सबैलाइ जानकारी गराउने।
  • यदि आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुडा, बाजागाजा, साइलेन्सर हटाएको मोटरसाइकल, लाउड स्पिकर तथा धुवाँ लगायतका कुनै पनि माध्यमबाट बस्न बाधा पुन्याई झुण्डलाइ अन्यत्रै मोडिदिने।
  • नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झूल वा जालीले छोपेर पनि जोगाउन सकिन्छ।
    धान खेतमा पानी जम्मा गर्न सकेमा यसको नोक्सानी कम हुन्छ। टनेल भित्रको बालीलाइ वरिपरीबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ।



प्रतिक्रिया दिनुहोस !