२५ बैशाख २०८१, मंगलबार

२४ घण्टामा थपिए १ सय ६७ जना कोरोना संक्रमित

प्रकाशित मिति :  16 July, 2020 4:35 pm


काठमाडौं, साउन १ । 

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय १३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !