२५ बैशाख २०८१, मंगलबार

नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  23 July, 2020 5:14 pm


काठमाडौं, साउन ८ । 

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। जसमध्ये ९ जना काठमाडौं उपत्यका रहेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज उपत्यकाका ९ सहित १ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ८४० पुगेको छ।



प्रतिक्रिया दिनुहोस !