४ बैशाख २०८१, मंगलबार

खाद्य संस्थानले सहुलियत खसी- बोकाकाे मूल्य प्रतिकिलाे ५६० रुपैयाँ ताेक्याे

प्रकाशित मिति :  18 October, 2020 8:12 pm


काठमाडाैं, २ कार्तिक । 

सरकारकाे स्वामित्यमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साेमबारदेखि खसी -बाेका बिक्री सुरु हुने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीले थापाथली स्थित बिक्री केन्द्रबाट साेमबार विहान ८ बजेदेखि खसी-बाेका बिक्री सुरु गर्ने भएकाे छ ।

आईतबार बसेकाे कम्पनीकाे बैठकले जिउँदाै खसीकाे मूल्य ५६० ताेकेकाे छ । जसमा प्रतिकीलाे १० रूपैयाँ छुट गरी ५५० रूपैयाँमा खसी- बाेका बिक्री गरिने जनाएकाे छ । साेमूल्य गत बर्षकै भएकाे कम्पनीले बताएकाे छ ।

बिक्रीका लागि आईतबार साँझसम्म दाङ र मकवानपुरबाट ४०५ वटा खसी – बाेका थापाथली बिक्री केन्द्रमा आईसकेकाे कम्पनीले जानकारी दिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !