४ बैशाख २०८१, मंगलबार

मुलुक निर्माणको लागि स्वच्छ खाद्यान्नको भूमिका उच्च

प्रकाशित मिति :  12 September, 2021 11:15 pm


काठमाडौं । मुलुकको विकासको लागि स्वच्छ खानाको उपलब्धताको उच्च भूमिका रहने खाद्य तथा कृषि क्षेत्रका विज्ञले औंल्याएका छन् ।

४१ औं विश्व खाद्य दिवसको महिनाव्यापी कार्यक्रमको उद्घाटन कार्यक्रममा कृषि विज्ञ, अभियन्ता तथा सरोकारवालाले स्वच्छ खाद्यान्नको उपलब्धतामा जोड दिएका हुन् ।

कृाषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणको लागि स्वच्छ खानाको आवश्यकता औंल्याए ।

कृषि विभागको महानिर्देशकबाट हालै मात्र सचिवमा बढुवा भएका उनले विभिन्न कारणले कृषिबाट पलायन भएका युवा जनशक्तिलाई पुनः कृषिमा फर्काउनुपर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।

देशमा कृषि सम्भावना भएको क्षेत्र भएकाले कृषिमा आकर्षण बढाउनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने उनको भनाइ छ । कृषि क्षेत्रलाई सुधार गर्नका लागि सबैले निष्ठापूर्वक, इमान्दारीतापूर्वक काम गर्दा कृषिको सुधार गर्न सकिने उनको दाबी छ ।

नेपालको खाना र खेतीपातीलाई सार्वजनिक चासो र प्रभावकारी बनाउनुपर्ने कृषि अभियानका अभियानकर्ता डा।कृष्णपसाद पौडेलको भनाइ छ । विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउदै गरेको विश्व खाद्य सम्मेलन दिवसलाई असोज २४ गतेसम्म सञ्चालन गर्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन कृषि मन्त्रालयका ९कृषितर्फ० सचिव डा।कृष्ण प्रसाद आचार्यले गरेका हुन् । खानाको लागि खेतीपातीः हाम्रो साझा संकल्प’ भन्ने नाराका साथ नेपालमा महिनाव्यापी कार्यक्रम मनाउन लागिएको हो ।

कार्यक्रममा विश्व खाद्य दिवस सफल बनाउनका लागि आवद्ध संस्थाहरुसँग विभागले पनि सहकार्य गरेको जानकारी गराउदै कृषि विभागका सचिव डा। महादेव पौडेलले कार्यक्रमको सफलताको लागि विभागले कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय कृषक समुह महासंघ नेपालकी महासचिव रिता बास्ताकोटीले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयमा अभियान चलाउनुनर्नेमा जोड दिइन् । साना तथा मझौला किसानहरुलाई नीति तथा कार्यक्रममा समेट्नुमा उनले सरकारको ध्यानाकर्षण गराइन् ।

खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी संघसंस्थाले संयुक्त रुपमा कार्यक्रम मनाउने भएका छन् । विगत पाँच वर्षदेखि यसै गरी कार्यक्रम मनाइदै आइएकोमा कोभिडको समस्यालाई मध्यनजर गरेर अधिकांश कार्यक्रम भर्चुअल रुपमा मनाउने तयारी रहेको संयोजक अधिकारीले बताए ।

विभिन्न १७ वटा कार्यक्रममा सातवटा कार्यक्रम संघीय तहमा नीतिगत बहसमा केन्द्रीत हुनेछन् । प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको छ ।

बागमती प्रदेशमा कृषि र पशुपालन, गण्डकी प्रदेशमा आत्मनिर्भर कृषि प्रणालीका बारेमा, लुम्बिनी प्रदेशमा कृषि उपजको प्रशोधन, कर्णाली प्रदेशमा प्रांगारिक कृषि अभ्यासको बारेमा र सुदुरपश्चिम प्रदेशमा कोरोना संकट र गाउँबासीहरुको बसाईसराईको विषयमा छलफल हुने भएको छ ।

पत्रकार तथा सामाजिक अभियन्ता चन्द्रकिशोर नेपाल कृषिधानसँगै ऋषिप्रधान मुलुक पनि भएको भन्दै कृषिमा कृषिको आधुनिकीकरणका नाममा कृषिको स्थानीय प्रविधि, ज्ञान र सीपलाई वेवास्ता गर्नु नहुने बताए । स्थानीय ज्ञान र सीपको सरक्षण प्रवद्र्धनबाटमात्रै कृषि सस्कृति र प्रकृति पनि जोगिने उनकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !